site stats
बाह्रखरी :: Baahrakhari
देश
हत्या गरेको अभियोगमा पक्राउ
Argakhachi Cement Island Ad

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेमकुमार कुलुङ राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

रघुले बिहीबार राति बाँसको भाटा र लाठी प्रहार गर्दा प्रेम कुमार गम्भीर घाइते भएका थिए । उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएके छ । 

प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्