खेल
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतीमा ४० करोड

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गर्न ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गर्न ४० करोड बजेट छुट्याइएको बताएका हुन् ।
“कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्नती गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छु,” अर्थमन्त्री पौडेलले भने ।
सरकारले आर्थिक वर्ष ०८२/०८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:५२
प्रतिक्रिया दिनुहोस्