site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट सन्तुलित र उत्पादनमुखी : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थमा आधारित रहेको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्‌मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्तौलाले बजेटले मुलुकको वर्तमान आर्थिक अवस्थालाई सम्बोधन गर्ने प्रयास गरेको बताएका हुन् । 

Argakhachi Cement Island Ad

उनले बजेटले उत्पादनलाई प्रोत्साहन र नयाँ पुस्तालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न खोजेको पनि उल्लेख गरे ।  उनले सरकारले वितरणमुखी बजेटको परम्पराबाट बहिर्गमन गर्दै लगानीको प्रतिफल सुनिश्चित हुने योजनामा केन्द्रित गरी बजेट ल्याएको बर्तौलाको जिकिर छ ।

"बजेट एकदमै सन्तुलित आएको छ । आजको मुलुकको अर्थतन्त्रको यथार्थतामा टेकेर बजेट आएको छ । घाँटी हेरेर हाड निल्ने अवस्थालाई हेरेर सरकारले बजेट ल्याएको छ । बजेटले उत्पादनलाई प्रात्साहित गरेको छ । जेनजी पुस्तालाई नवप्रवर्द्धनमा जोड्ने र मुलुकको समृद्धिमा कसरी समावेश गर्न सकिन्छ भन्ने पाटोलाई बजेटले ख्याल गर्न खोजेको छ," उनले भने । 

आगामी आर्थिक वर्षको बजेटले मुलुकमा आर्थिक समृद्धि तय गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्