site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेटमा रकमबिनाका शीर्षक राखियो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकमबिनाका शीर्षक राखिएको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले  बजेटमा केही पपुलिस्ट कुराहरू पनि आएको बताए । धेरै कुराहरू अव्यवहारिक रहेको गुनासो गरे ।  प्राथमिकता दिन खोजेका कुराहरू राम्रोसँग नदिएको बताए । रोजगारी सिर्जना गर्ने कुरामा ध्यान नदिइएको आरोप लगाए । 

Argakhachi Cement Island Ad

"बजेटमा केही पपुलिस्ट कुराहरू आएका छन् । धेरै अव्यवहारिक छन् । केहीमा व्यवस्था गरेको छु भनेको रकम छैन । शीर्षक राखेको छ । रकम छैन । प्राथमिकता दिन खोजेका कुराहरू राम्रोसँग प्राथमिकता दिन खोजेको देखिएन । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान दिइएको छैन," उनले भने । 

वरिष्ठ उपाध्यक्ष पाण्डेले बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्