site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट परम्पराको निरन्तरता मात्रै : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता मात्र भएको प्रतिक्रिया दिएका छन् । 

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको नआएको बताए । 

Argakhachi Cement Island Ad

"लेख्ने विषयहरू सबै लेखिएकै छन् । तिनै कुराहरू दोहोरिने हो, कपिपेष्ट गर्ने हो । अहिले एउटा कुरा नाराहरू कम रहेछन् । खेलमा त्यति विकास गर्ने त भन्नुभयो तर खेलकुद गर्न दिनैहुन्न समस्या यस्ता छन् । तर अहिले नेपालको अर्थतन्त्रको जुन समस्या छ त्यसलाई समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनर्संरचना गर्नुपर्छ । तर त्यो पुनर्संरचना गर्ने स्तरबाट आएन," उनले भने ।  

उनले देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनर्संरचना गर्नुपर्ने भए पनि त्यस स्तरबाट नआएको बताए ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्