site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वपत्नी र उनका दुई छोरीको हत्या अभियोगमा पक्राउ

काठमाडौं । रुपन्देहीकी ३३ वर्षीया दीपा बस्याल र उनका दुई छोरीको हत्या अभियोगमा दीपाका पूर्वपति पक्राउ परेका छन् । 

बुटवल उपमहानगरपालिका–११ मिलिजुली पथ बस्ने ३५ वर्षीय सुजन कोइरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  

Argakhachi Cement Island Ad

पाल्पा तानसेन नगरपालिका–१ ठेगाना भएकी दीपा र उनका सात र चार वर्षका छोरीहरू स्नेहा र हिमानीलाई सुजनले आफ्नै घरमा बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल र अस्थायी प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्