देश

काठमाडौं । रुपन्देहीमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११, श्रमिक पथका ५० वर्षीय राजन थापासहितका व्यक्तिहरू छन् ।
उक्त स्थानस्थित थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (जेठ १२) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ४३ हजार ७६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ १६:४७
प्रतिक्रिया दिनुहोस्