site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटार बैठक–रवि लामिछानेको उदाहरण दिएर नौटंकी गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस र एमालेका शीर्ष नेताले राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारसँग जोडेर अनावश्यक उछालेको निष्कर्ष निकालेको छ ।

बालुवाटारमा केही मन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा पनि पुगेका थिए । छलफलमा गृहमन्त्रीमाथि लागेको आरोप मिथ्या भएको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार आइतबारको छलफल विशेषगरी बजेटसँग सम्बन्धित थियो । तर गृहमन्त्री रमेश लेखक पनि उपस्थित भएकाले अध्यागमनका सम्बन्धमा पछिल्लोपल्ट आएका विषयमा पनि समीक्षा भएको ती नेताले जानकारी गराए ।

“गृहमन्त्रीको संलग्नताका सम्बन्धमा रास्वपाले अनावश्यक उछाल्ने काम गरेको छ,” ती नेताले भने, “उहाँको केही छँदै छैन । कर्मचारीलाई समातेका कारण गृहमन्त्रीले राजीनामा दिने भन्ने कुरा कहाँबाट आउँछ ? रवि लामिछानेको उदाहरण दिएर नौटंकी गर्ने ?”

उनले एउटा कर्मचारीले बदमासी गर्दा विभागीय मन्त्रीले राजीनामा दिन नहुने निष्कर्ष निकालिएको दाबी गरे ।

अनि कांग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा माग गरेको बारेमा सोधिएको प्रश्नमा उनले भने, “त्यो तुच्छ राजनीति हो ।” बैठकमा गृहमन्त्री लेखकले १३ गते बोलाइएको प्रतिनिधिसभामा आफ्ना धारणा राख्ने बताएका थिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्