site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले भन्यो– काम गर्नेहरूलाई सरकारले लखेट्यो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले सुशासनको धज्जी उडाएको आरोप लगाएको छ । सरकारले जनतामा निराशा बढाइरहेको पनि पार्टीले आरोप लगाएको छ ।

शनिबार (जेठ १०) अपराह्न बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा सरकारले ‘काम गर्नेहरूलाई लखेटेको’ उल्लेख छ ।

Argakhachi Cement Island Ad

सरकारले हरेक संवैधानिक निकाय र राज्यसंयन्त्रलाई दलीयकरण गर्ने गैरराजनीतिक अभ्यास गरिरहेको रास्वपाले आरोप लगाएको छ । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा पनि माग गरेको छ ।

“दुई ठूलो दलको १० महिने गठबन्धन सरकार बनेको सातबुँदे आधारमा फिटिक्कै केही काम नगरेर देशमा व्याप्त निराशा थप्ने, सुशासनको धज्जी उडाउने, काम गर्नेहरूलाई लखेट्ने र हरेक संवैधानिक निकाय र राज्यसंयन्त्रलाई दलीयकरण गर्ने गैरराजनीतिक अभ्यास गरिरहेको सरकारको गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्