site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
फाइल तस्बिर ।

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको विषय सार्वजनिक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको हो ।

“विगतमा सांसद रमेश लेखकले नै सदनमा– प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भनेर विभिन्न दृष्टान्त सम्झाउनुभएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ,” रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले शनिबार बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रास्वपाले नेपाली राजनीतिप्रति घृणाको कारक नबन्न पनि गृहमन्त्रीलाई सुझाव दिएको छ ।

रास्वपा केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक शनिबार (जेठ १०) अपराह्न ४ बजे बसेको थियो । यसको निरन्तरतास्वरूप केन्द्रीय समितिको अर्को बैठक जेठ ११ गते दिउँसो २ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्