अर्थ व्यवसाय

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन् ।
सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन् ।
नवनियूक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् । विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने पौडेलको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२ १८:४८
प्रतिक्रिया दिनुहोस्