site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन : कुशवाहा पर्यटन र यादव वनमन्त्री नियुक्त

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बिहीबार दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

बिहीबार बसन्तकुमार कुशवाहा उद्योग वाणिज्य तथा पर्यटनमन्त्री र सञ्जयकुमार यादव वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् । कुशवाहा र यादवलाई बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलअलि मिया र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई जनमत पार्टीले फिर्ता बोलाएपछि उनीहरूको स्थानमा कुशवाहा र यादव नियुक्त भएका हुन् । 

 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्