site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लोडसेडिङको हल्लामा कुनै सत्यता छैन : हितेन्द्रदेव शाक्य
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित बढी विद्युत् उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताए । 

विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उनको भनाइ  । देशमा विद्युत् अभावको समस्या नरहेको भन्दै अहिले भइरहेको ट्रिपिङको समस्यालाई चाँडै नै समाधान गरिने धारणा राखे । 

शाक्यले विद्युत् आपूर्तिको स्थितिमा बर्सेनि सुधार भइरहेको बताउँदै विश्वसनीय विद्युत् आपूर्ति प्राधिकरणको प्रमुख ध्येय रहेको जानकारी दिए । 

निजी क्षेत्र र उद्योगीहरूले सबैभन्दा बढी विद्युत् उपभोग गरेर व्यापार वृद्धिमा सहयोग पुर्‍याएकोले सम्मान गर्ने नीति लिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्