
काठमाडौं । बजाज मोटरसाइकलको बिर्तामोडका लागि आधिकारिक विक्रेता मेची पावर मोबाइल ट्रेडले पहिलोपटक बिर्तामोडमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जेठ ४ गतेदेखि सुरु भएको मेला जेठ ९ गतेसम्म चल्नेछ ।
बिर्तामोडको वान स्टप मल अगाडि (खड्का कम्प्लेक्स सँगैको खाली जग्गामा) आयोजना हुने मेलामा ग्राहकले मात्र नागरिकताको आधारमा बजाजका बाइक फाइनान्स गर्न सक्ने कम्पनीले जनाएको छ ।
शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको योजना ल्याएको कम्पनीले जनाएको छ ।
मेची पावर मोबाइल ट्रेडका निर्देशक मनोज वंशलको दाबी अनुसार, बिर्तामोडमा नै पहिलोपटक हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरसमेत आएका छन् ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत सुविधा पाउनेछन् ।