site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धुनिवेशीका महिलालाई युनाइटेड सिमेन्ट्सको तीनमहिने तालिम

काठमाडौं । युनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिका–९ को सहकार्यमा महिलाहरूलाई निःशुल्क तीनमहिने आधारभूत र दुईमहिने एड्भान्स सिलाइ–कटाइ प्रशिक्षण दिएको छ ।

धुनिवेशी नगरपालिका–९, जुगेडीमा रहेको केएल दुगड समूहअन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ४२ जना स्थानीयलाई तालिम दिएको हो । यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउनु रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरिकुमार उप्रेतीले कम्पनीले जहिले पनि व्यावसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने बताए । यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्‍याउने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्