site stats
बाह्रखरी :: Baahrakhari
देश
शेखरले भने– हावाहुरीबाट घाइते भएकाको निःशुल्क उपचार होस्
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शुक्रबार साँझ आएको हावाहुरीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

“हिजोको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दुःखी छु,” कोइरालाले भनेका छन्, “मृतकप्रति श्रद्धान्जली, परिवारप्रति समवेदना ।” 

उनले घाइतेको निःशुल्क उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् । 

विपद्को समयमा थप सजगता अपनाउन आग्रह गर्दै कोइरालाले राज्यका सैब संरचनालाई सक्रिय बनाउन अनुरोध गरेका छन् । 

शुक्रबार साँझ लुम्बिनी प्रदेशबाट सुरु भएको हावाहुरी पूर्वी नेपालसम्म पुगेको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्