
काठमाडौं । चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१० शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय विमल विक, सुवासकै मामा ५३ वर्षीय दुर्गाबहादुर थापा एवं सुवासकै फुपूका छोराहरू २२ वर्षीय गणेश सुनार तथा ३३ वर्षीय सुरेश विक छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायतका विभिन्न स्थानमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला ८ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवं चोरीमा प्रयोग भएको ग२२प ४९८९ नम्बरको मोटरसाइकल र ग२१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
उनीहरूले हालसम्म पोखराको नौ स्थान र तनहुँको तीन स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।