
काठमाडौं । अनेरास्ववियूले ६१औँ विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार राजधानीमा विशेष कार्यक्रम गर्दै विचार गोष्ठी तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको सभाध्यक्षता अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलको उपस्थिति रहेको थियो ।
सो अवसरमा अनेरास्ववियूका पूर्वअध्यक्ष ढुंगेल र सुदेश पराजुलीलाई सम्मान गरिएको थियो । त्यस्तै, अनेरास्ववियूका केन्द्रीय सचिव नारायण शर्मालाई नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिवमा निर्वाचित भएकोमा बधाई दिँदै बिदाइ समेत गरियो ।
अनेरास्ववियूले यो कार्यक्रमलाई ऐतिहासिक दिनको रूपमा मनाएको केन्द्रीय उपाध्यक्ष अशोक थापाले जनाएका छन् ।