site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सफल मन्त्री हुन सकेको छैन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू सफल मन्त्री हुन नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क–२ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको तर अहिले मन्त्री बन्दा हल्ला गर्न नसकेको उल्लेख गरे । आफू सोझो हुँदा पनि नतिजा आउन नसकेको आफ्नो ठम्याइ रहेको उल्लेख गरे ।

मन्त्री गुरुङले भने, "उहाँले भनेको कुरा एउटा म मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको हो । अहिले हल्ला गर्न सकेको छैन । त्यत्ति फरक छ । अहिले म सफल मन्त्री हुन सकेको छैन । त्यो पनि यहाँहरूलाई भन्न चाहन्छु ।"

मन्त्री गुरुङले सफल मन्त्री हुन नसक्दा अहिले केही आक्रोश रहेको पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्