देश

काठमाडौं । पर्सा प्रहरीले एकैदिन १९५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भएका १९५ जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
प्रहरीले चासो नदिँदा फरार प्रतिवादी पछिल्लो समय खुलेआम हिँडिरहेका थिए । तर, प्रहरीले फैसला कार्यान्वनमा चासो देखाएसँगै एकैदिन बिहीबार १९५ जना प्रतिवादी पक्राउ परेका हुन् ।
पर्सा प्रहरीले पछिल्लो तीन महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ७८५ जनालाई पक्राउ गरेको छ । यस्तै, प्रहरीले १३ करोड मूल्य बराबरको राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ १२:५२
प्रतिक्रिया दिनुहोस्