
काठमाडौं । एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गरेको छ । अब आफ्ना ग्राहकहरूलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँच समेत उपलब्ध गराउने भएको छ ।
यो अफर शनिबार (जेठ ३)बाट सुरु भइ हरेक शनिबार जेठ ३१ गतेसम्म सञ्चालनमा रहने छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुनेछ । यो डेटा सेवा लक्षित अफरअन्तर्गत ग्राहकहरूले विभिन्न चारवटा प्याक किन्दा बिनाकुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, फेसबुक, इन्स्टाग्राग वा युट्युब पाउँछन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन ।
फ्ल्यास सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चारवटा प्याकहरू समावेश रहेका छन् ।
यस अफरअन्तर्गत ग्राहकले करसहित १५० रुपैयाँमा डबल मजा प्याक लिँदा सात दिन समयावधि रहेको ७ जीबी डेटा पाउँछन् । यसबाहेक एक दिन अर्थात् २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन सुविधा पाउँछन् । त्यसैगरी करसहित २९९ रुपैयाँ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको सात जीबी डेटाका साथै बोनसका रूपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।
ग्राहकले आधी रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याकहरू पनि यो अफरमा समावेश छन् । ५९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन् । अर्को ७९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जीबी पाउँछन् । साथै, २४ घन्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउँछन् ।
यो फ्ल्यास सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधासहित आउने यी प्याकहरूले ग्राहकहरूलाई थप फाइदा प्रदान गर्दछ ।