site stats
बाह्रखरी :: Baahrakhari
देश
भैँसेपाटीबाट कोरियन नागरिकको ६ लाखभन्दा बढीको धनमाल चोरी
फाइल तस्बिर ।

काठमाडौं । ललितपुरको भैँसेपाटीबाट कोरियन नागरिकको ६ लाखभन्दा बढीको धनमाल चोरी भएको छ । शुक्रबार बिहान कोरियन नागरिक लिङ योङ चुनको कोठाबाट उक्त परिमाणको धनमाल चोरी भएको हो । 

उनको आइप्याड एक थान, म्याक बुक एक थान, ल्यापटप एक थान र नगद चार लाख गरी करिब ६ लाख १० हजार रुपैयाँबराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्