site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलको गाजा आक्रमणमा एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु

काठमाडौं । इजरायलले मार्च १८ पछि गाजामा फेरि युद्ध सुरु गरेयता बिहीबार (मे १५)मा गाजाका प्यलेस्टिनीहरूको लागि सबैभन्दा भयावह दिन बनेको छ ।
 
गाजाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार बिहीबार बिहानदेखि मध्येरात सम्ममा इजरायलको आक्रमणमा परेर एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु भएको बताएका छन् ।

शुक्रबार बिहानैदेखि गाजाको जबालिया, बेइत लाहिया र खान युनिस क्षेत्रमा भारी बमबारी जारी रहेको मिडिलइस्टआई अनलाइनले जनाएको छ । 

बिहीबार एकै दिनमा १२७ जनाको मृत्यु भएपछि गाजामा आक्रमणमा मृत्यु हुनेको संख्या ५३ हजारभन्दा नाघेको छ ।
गाजाको खान युनिसस्थित युरोपेली अस्पताल यो हप्ता भएको इजरायलको भारी बमबारीपछि पूर्णरूपमा बन्द भएको छ ।

यो अस्पताल गाजामा क्यान्सर बिरामीहरूको लागि मात्र उपचार गर्ने एकमात्र केन्द्र थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्