site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा शिवम् सिमेन्टको ‘स्ट्रेन्थ पार्टनर’ सहकार्य

काठमाडौं । नवौँ प्रधानमन्त्री कप–एनभीए महिला/पुरुष भलिबल लिग– २०८२ मा शिवम् सिमेन्ट लिमिटेडले ‘स्ट्रेन्थ पार्टनर’को रूपमा सहकार्य गर्ने भएको छ । 

राष्ट्रिय खेलको प्रवर्द्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्यअनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको बताइएको छ ।

हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एन्ड मार्केटिङका भीपी निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो ।

यो प्रतियोगिता जेठ ८ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने बताइएको छ । प्रत्येक खेलमा करिब तीन हजारदेखि चार हजारसम्म दर्शकको उपस्थिति रहने नेपाल भलिबल संघले जनाएको छ । 

प्रतियोगितामा कुल १४ टिम सहभागी हुनेछन् । जसमा ६ महिला र आठ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ ।

शिवम् सिमेन्टले यसअघि भलिबल नेपालको राष्ट्रिय खेल भइसकेपछि यसको प्रवर्द्धन गर्न विभिन्न खेलमा सहकार्य गर्दै आइरहेको बताएको छ । 

जसअन्र्तगत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेष्ट भलिबल लिगअन्तर्गत कर्णाली यशविस टिम प्रायोजनलगायत विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रममा समेत प्रायोजन तथा सहकार्य गर्दै आएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्