site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैठककै बीच सदन ‘रित्तो’ ! (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभामा सांसदको आसन ‘रित्तो’ जस्तै देखिन्छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार पनि जारी छ । जहाँ सांसदहरूको संख्या एकदमै न्यून छ । आफ्ना कुरा राख्ने र अरुको कुरा नसुन्ने प्रवृत्ति सांसदहरूमा देखिएको छ । 

प्रतिपक्ष मात्रै होइन, सत्तापक्षका सांसदको संख्या पनि एकदमै कम छ । छलफलका क्रममा सांसद संख्या गणना नहुने भएकाले गणपूरक संख्या नपुगेर बैठक नै स्थगित हुने अवस्था भने हुँदैन । अरु बेलामा पनि सदनमा सांसदहरूको उपस्थितिलाई लिएर प्रश्न उठ्दै आएको छ । तथापि, सांसदहरूको शैली भने फेरिएको छैन । शीर्ष नेताहरूको सिट सधैँजसो खाली हुने गरेको छ ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । सोही कार्यक्रममाथि छलफल भइरहेको हो । नीति तथा कार्यक्रम आइतबार (वैशाख २८ गते) निर्णयार्थ पेस गर्ने तयारी छ । सत्तापक्षले सोही दिनको बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

Sadan-ritto-1746787112.jpg

Sadan-ritto6-1746787098.jpg

Sadan-ritto5-1746787098.jpg

Sadan-ritto1-1746787111.jpg

Sadan-ritto2-1746787111.jpg

Sadan-ritto3-1746787099.jpg

Sadan-ritto4-1746787099.jpg

Sadan-ritto9-1746787097.jpg

Sadan-ritto10-1746787095.jpg

Sadan-ritto8-1746787096.jpg

Sadan-ritto7-1746787097.jpg

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro