site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यादी हाइड्रोपावरको सेयर बेच्दै बीपीसी

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी)ले न्यादी हाइड्रोपावर लिमिटेडको सेयर बिक्री गर्ने भएको छ । बीपीसीले नयाँ आयोजनामा लगानी जुटाउन ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्न लागेको हो । 

बीपीसीले सेयरको न्यूनतम मूल्य खुलाएको छैन । न्यादीमा बीपीसीको एक करोड सात लाख ५१ हजार ४५३ कित्ता सेयर रहेको छ । 

कम्पनीले ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । न्यादी बीपीसीको सहायक कम्पनी हो । 

न्यादीमा एक करोड नौ लाख ५० हजार कित्ता संस्थापक सेयर रहेको छ । यस्तै ४० लाख ५० हजार कित्ता सर्वसाधारणको रहेको छ । 

एक करोड ५० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत रहेको न्यादीले जनाएको छ । 

बीपीसीले तीन चिनियाँ कम्पनीको साझेदारीमा मस्र्याङ्दी बेसिनमा ६०१ मेगावाटका तीन ठूला अर्धजलाशय आयोजना बनाउन थालेको छ । 

अर्धजलाशय आयोजना बनाउन एक अर्ब २० करोड अमेरिकी डलर (करिब एक खर्ब ६२ अर्ब रुपैयाँ) लगानी हुने भएको छ । बीपीसीले चिनियाँ कम्पनीमार्फत बनाउन लागेको आयोजनामा ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्दी–२, १३९ मेगावाटको तल्लो मनाङमस्र्याङ्दी १३५ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना हुन् ।
 
न्यादीको सेयर प्रतिकित्ता ५०५ रुपैयाँमा कारोबार भएको छ । न्यादीको बजार पुँजीकरण सात अर्ब ६१ करोड ५० लाख रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । कम्पनीको चुक्ता पुँजी डेढ अर्ब रुपैयाँ छ ।
 
नयाँ आयोजना बनाउँन थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रक्रिया रद्द गरेर चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

बीपीसीको चुक्तापुँजी तीन अर्ब ४० करोड ९० लाख रुपैयाँ छ । अब कम्पनीले हकप्रद सेयर जारी गरेर एक अर्ब ३६ करोड ३६ लाख रुपैयाँ उठाउने भएको छ । 

हकप्रदबाट संकलन हुने रकम कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजनामा लगानी हुने भएको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर चार अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ ।

यसमध्ये १३५ मेगावाटको मनाङ–मस्र्याङ्दी क्यास्केड जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । चीनको निर्यात–आयात (एक्जिम) बैंकले ऋण आयोजनामा लगानी सम्झौता गरेको छ ।

जलविद्युत्मा लगानी गर्न बीपीसी र तीनवटा चिनियाँ कम्पनीले एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि स्थापना गरेका छन् । तीन आयोजना बनाउँन एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट इन्भेस्टमेन्ट कम्पनी प्रालि स्थापना भएको छ । 

एससीआईजीमा बीपीसीको अतिरिक्त जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्यूआईईसी इन्टरनेसनल कम्पनी लिमिटेड र एससीआईजी इन्टरनेसनल लिमिटेडको लगानी रहनेछ ।

एससीआईजीमा बीपीसीको २० प्रतिशत र बाँकी चिनियाँको छ । जसअनुसार सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, चेन्दु सिच्याङ इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्विङयाङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । एक अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा स्वपुँजी (इक्विटी) लगानी छ ।

माथिल्लो मस्र्याङ्दी–२ र तल्लो मनाङ मस्र्याङ्दी आयोजनाको सरकार र एससीआईजीबीच आयोजना विकास सम्झौता (पीडीए) को तयारीमा छ । 

नेपाल विद्युत् प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) र ऊर्जा मन्त्रालयसँग आयोजना विकास सम्झौता (पीडीए) भएपछि आयोजना बनाउन लगानी जुट्नेछ । १३५ मेगावाटको आयोजनामा चाइना एक्जिम बैंकको ऋण लगानी हुनेछ ।
 
अहिले बीपीसीले १७४ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत्  आयोजनाको सम्भाव्यताको अध्ययन सकिएको बीपीसीले जनाएको छ ।

बीपीसीले नेपालमा एकहजार मेगावाट बिजुली उत्पादन गर्न दुई खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन सन् २०१८ मा लगानी चिनियाँ कम्पनीहरूसँग सम्झौता गरेको हो । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro