बाह्रखरी फोटो
-1746538586.jpg)
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको मंगलबार निधन भएको छ । ब्रेन ट्युमरसहित पार्किन्सन्सको समस्या भोग्दै आएका उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
नेपालले आफ्नो मृत्युपछि पार्टीको झन्डा नओढाउनू भनेपछि शव सिधै पशुपति आर्यघाटमा लगिएको थियो । उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलसहितले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १९:३४
प्रतिक्रिया दिनुहोस्