देश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली वामपन्थी आन्दोलनका नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले यस्तो दुःख व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्– नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद निधनले मर्माहित भएको छु। निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १७:०४
प्रतिक्रिया दिनुहोस्