site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्था र आवश्यकतालाई सम्बोधन गरेन : नारायणकाजी श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नीति तथा कार्यक्रमले जनतामा आशा र विश्वास पैदा गर्न नसकेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्था र आवश्यकतालाई सम्बोधन नगरेको उल्लेख गरे । नीति तथा कार्यक्रममा समस्या समाधान गर्ने कुनै पनि ठोसपन नभएको उनको भनाइ थियो । देशको अवश्यकतालाई सम्बोधन गर्ने गरी आफ्नो पार्टीको विगतको सरकारले क्रमभंगताको दिशामा पहल गरेको भए पनि अहिलेको नीति तथा कार्यक्रम यथास्थितिवादलाई निरन्तरता दिएको बताए । उनले नीति तथा कार्यक्रमलाई परम्परागत निबन्धको संज्ञा दिए ।

"सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई सम्बोधन गर्न सकेको छैन । र, यो त्यसदिशातर्फ समाधानमुखी, गम्भीरता, स्पटता र ठोसपन पनि यसमा छैन," उनले भने ।

श्रेष्ठले अंकको हिसाबले वर्तमान सरकार वैधानिक भए पनि औचित्य गुमाउँदै गएको सरकारको नीति तथा कार्यक्रम भएकाले गम्भीरतापूर्वक छलफल गर्नु आवश्यक नभएको जिकिर गरे ।

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro