बाह्रखरी फोटो
-1746105592.jpg)
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबार (वैशाख १८) बाट सुरू भएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराइ अक्षय तृतीयाका दिन गौदानसहितको शान्ति स्वस्ती गरेपश्चात् सोही पक्षको चतुर्थी तिथिमा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरू हुन्छ ।
मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलनअनुसार गत मंसिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ ।
हेर्नोस् थप तस्बिरहरू
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ १९:०६
प्रतिक्रिया दिनुहोस्