बाह्रखरी फोटो

काठमाडौं । नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार (असार २१) सिंगापुरलाई दुई विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपाल प्रतियोगितामा अपराजित रह्यो । फाइनल खेलमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा जोय थापाले सर्वाधिक २४ रन बनाए । सिवान्स बजगाईंले २०, शुभम खनालले १८, ओपनर प्रसिद्ध जैसीले १७, परिमार्जन यादवले १३ रनको योगदान दिए । अभय यादव १० रनमा अविजित रहे ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, असार २१, २०८२ १४:३६
प्रतिक्रिया दिनुहोस्