
काठमाडौं । असार १५ गते राष्ट्रिय धान दिवस । दिवसको अवसरमा काठमाडौंको तारकेश्वर नगरपालिका–६, धर्मशालास्थितमा खेतमा धान रोपेर बालबालिका र स्थानीयहरूले रमाइलो गरेका छन् ।
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी ०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ १७:०१
प्रतिक्रिया दिनुहोस्