site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा यात्री मन्दिरतिर जाँदै थिए । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाउँदा नजिकैको इनारमा खसेको थियो ।

मोटरसाइकलका चालकको तत्काल मृत्यु भयो । गाडीमा सवार यात्रीलाई बचाउन इनारमा हाम फालेका एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ आर्थिक क्षतिपूर्तिको घोषणा गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro