site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएसएलका यी हुन् व्यक्तिगत विधातर्फ उत्कृष्ट घोषित खेलाडी

काठमाडौं । पोखरा थन्डर्सका फरवार्ड आयुश घलान नेपाल सुपर लिग (एनएसएल) २०२६ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । शनिबार (वैशाख १३) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पोखरालाई २–१ ले हराउँदै ललितपुर सिटी एफसीले लगातार दोस्रोपटक एनएसएलको उपाधि जितेको थियो ।

फाइनलमा हार व्यहोरे पनि पोखरालाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका आयुश ‘एनसेल मोस्ट भ्यालुएबल प्लेयर’ चुनिएका हुन् । उनले नगद दुई लाख ५० हजार रुपैयाँ पाए ।

पोखराकै प्रिसो प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए । उनले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

ललितपुरका मणिकुमार लामा ‘रेड बुल इनर्जेटिक प्लेयर’ चुनिए । उनले एक लाख रुपैयाँ पाए । ललितपुरकै सन्तोष खत्री प्रतियोगिताको उदीयमान खेलाडी चुनिए । उनले पनि एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

धनगढी सिटी एफसीका अहमद हिजाजी प्रतियोगिताको उच्च गोलकर्ता बने । उनले प्रतियोगिताभर पाँच गोल गरेका थिए । ‘फेयर प्ले’ अवार्ड झापा एफसीले पायो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro