site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी
तस्बिर : रासस ।

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी परेको छ। बिहीबार (असार १२) सिंहदरबारमा बसेको समिति बैठकमा प्रस्तावित न्यायाधीशविरुद्धका उजुरी खोलिएको हो ।

आफ्नो कार्यक्षेत्रभित्र नपर्ने अरू दुई उजुरी समेत प्राप्त भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उजुरीका विषयमा छलफल गर्न शुक्रबार (असार १३) बस्ने समिति बैठकमा उजुरीकर्तालाई बोलाइएको उनले बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उजुरीकर्तासँग छलफलपश्चात् असार १५ गते उनीहरूको संसदीय सुनुवाइ गर्ने समिति सचिवालयको कार्यतालिका पारित गरिएको उनले जानकारी दिइन् ।

गएको जेठ २७ गते बसेको न्याय परिषद्को बैठकबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्तिका निम्ति सिफारिस गरिएको थियो ।

न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको संसदीय सुनुवाइ पनि सँगसँगै अघि बढाइने समितिले जनाएको छ । नेपालविरुद्ध कुनै उजुरी नपरेको सभापति न्यौपानेले बताइन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्