site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितुवाको आक्रमणबाट चारजना घाइते

नवलपरासी । पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । शुक्रबार बिहान बारीमा काम गरिरहेका बेला एकजनालाई र पछि अन्य तीनजनालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुरुमा प्रतापपुर गाउँपालिका–६ गुठ्ठीप्रसौनी बस्ने ३६ वर्षीय रघुवीर केवट चितुवाको आक्रमणमा परेका थिए । उनको अनुहार, ढाड र टाउकोमा चोट लागेको का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए । 

उनले भने, “केवटको उद्धार गरी उपचार भइरहेको थियो । सो घटनाबारे थप अनुसन्धान गरिरहेको बेला थप तीनलाई आक्रमण गरी घाइते बनाएको जानकारी प्राप्त भयो ।” 

चितुवाले प्रतापपुर–६ का दुई र सुस्ताका एकजनालाई घाइते बनाएको प्रनाउ पन्तले जानकारी दिए । अन्य घाइतेमा प्रतापपुरका ३० वर्षीय प्रेमे कोइरी, २८ वर्षीय उमालाल कोइरी र सुस्ता गाउँपालिका–५ बस्ने महमद मिया छन् । 

मानिसलाई आक्रमण गर्ने चितुवा फोला पर्न सकेको छैन । इलाका प्रहरी कार्यालय बेलाटारी र प्रतापपुर र सुस्ताको सबडिभिजन वन कार्यालय बरुवाको संयुक्त टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro