site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईमा तातो हावा चल्ने, भैरहवामा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने 

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम सफा रहने भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

आज पनि लुम्बिनी, मधेस प्रदेशलगायत तराईका क्षेत्रमा गर्मी बढ्नेछ । हिजोबाट तराईका केही स्थानमा तातो हावाको लहर चलिरहेको छ । 

“आज धनगढी र नेपालगञ्जमा ३९ देखि ४१, भैरहवामा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने देखिन्छ,” मौसमविद् सरोज पुडासैनीले बाह्रखरीसँग भने । 

काठमाडौंमा हिजो अधिकतम तापक्रम ३३.५ रहेकोमा आज ३२ देखि ३४ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान रहेको उनले जानकारी दिए । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro