site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी योजना बैंकमा १३ हजार ३३ योजना समावेश 
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश सरकारको योजना बैंकमा १३ हजार ३३ योजना समाविष्ट छन् । कोसी प्रदेशमा चालु अवस्थामा रहेका योजनाको संख्या दुई हजार ५१९ छ ।

प्रदेशका नौ मन्त्रालयलाई अनलाइनमार्फत सोझै बैंकको सूचना प्रणालीमा समावेश (इन्ट्री) गराउन मिल्ने गरी व्यवस्था गरिएको थियो । भौतिक पूर्वाधार र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले भने मातहत कार्यालयबाट पनि योजना समावेश गर्न सक्ने व्यवस्था मिलाएका थिए ।

सरकारले आवधिक योजनाको लक्ष्य हासिल गर्न, मध्यमकालीन खर्च संरचना प्रभावकारी बनाउन, वार्षिक बजेट तथा कार्यक्रमको दिगो सञ्चालनका निमित्त प्रभावकारी कार्यान्वयनमा जोड दिने उद्देश्यले योजना बैंक सञ्चालन गरेको प्रदेश योजना आयोगका सूचना अधिकारी अम्बिका रेग्मीले बताइन् । त्यससम्बन्धी कार्यविधि बनाएर योजना माग गरिएको थियो ।

योजना बैंकसम्बन्धी नीति कार्यान्वयनमा जाँदा अब कोसी प्रदेशमा प्रदेशस्तरीय सडक तथा पुलमा न्यूनतम दुई करोड, पर्यटन प्रवद्र्धन पूर्वाधारमा एक करोड, झोलुंगे पुल, सिँचाइ, शिक्षा तथा स्वास्थ्य, खानेपानी, धार्मिक–सांस्कृतिक, कृषि व्यवसाय, सहरी क्षेत्र ढल तथा नाला, प्रदेशको एकल अधिकार क्षेत्रका सबै पूर्वाधारतर्फ ५० लाख र त्यसमाथिका बजेट विनियोजन गरिनेछ ।

सरकारले आउँदो आर्थिक वर्षमा योजना बैंकमा समाविष्ट योजनामा मात्र बजेट विनियोजन गर्ने नीतिगत निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro