site stats
बाह्रखरी :: Baahrakhari
देश
एनआरएनएको ‘एकता महाधिवेशन’ वैशाख २० देखि

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताको महाधिवेशन तोकिएकै समयमा हुने भएको छ ।

संघको महाधिवेशनका लागि डा. शेष घलेको अध्यक्षतामा गठित एनआरएनए उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको जनाएको छ । गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एकता महाधिवेशनको लागि आवश्यक सबै तयारी पूरा भइसकेको जनाएको छ ।

Argakhachi Cement Island Ad

एनआरएनएको एकता महाधिवेशनमा बढीभन्दा बढी एनआरएनहरूको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गरिएको एकता महाधिवेशन उच्चस्तरीय मुल समितिकी सदस्यसचिव तथा केन्द्रीय प्रचारप्रसार समिति काठमाडौंकी संयोजक रविना थापाले जानकारी दिइन् ।

एनआरएनए उच्चस्तरीय समितिको वेबपोर्टलमा १६ हजार बढीले सदस्यताका लागि आवेदन दिइसकेको उल्लेख गरिन् । उच्चस्तरीय समितिको अनलाइन र एनसीसीहरूबाट गरी ६३ हजार बढी जना सदस्य बनिसकेको बताइएको छ । उनले एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स)को रूपमा सहभागी हुन आइतबार (२० अप्रिलसम्म) २५ सय बढी जनाले निवेदन दिइसकेको जानकारी दिइन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्