
काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जाजरकोटमा एकैदिन तीनवटा पुलका शिलान्यास गरेका हुन् । दुईवटा बेलिब्रिज र एउटा पक्की पुलको शिलान्यास गरेको उनको सचिवालयले जनाएको छ ।
जाजजरकोटका शिवालय र छेडागाड पालिका जोड्ने रिठे खोलामा पक्की पुलको शिलान्यास गरेका हुन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाको उपस्थिति रहेको उक्त कार्यक्रममा पुलको शिलान्यास गर्दै मन्त्री शाहले जाजरकोटका जनताले विगतका दिनहरुमा भोग्दै आएको कष्टकर आवतजावत, दैनिक उपभोग्य सामग्रीदेखि विकास निर्माण ढुवानीसम्मको समस्या अब अन्त्यतर्फ लागेको बताए ।
उनले पुलको कार्य समयमै सम्पन्न हुने बताउँदै निर्माण कम्पनीलाई पनि तोकिएको मितिमै पुलको निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । सो सँगै शाहले सोमबार जाजरकोटमा तीनवटा पुलको शिलान्यास गरेका हुन् । छेडाघाट नगरपालिका ५ र जुनिचाँदे गाउँपालिका जोड्ने बेलिब्रिज र छेडागाड ५ र १२ जोड्ने मनघाट खोलामा अर्को बेलिब्रिज पुलको शिलान्यास गरेका हुन् ।