site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपा पदाधिकारी भन्छन्– प्रदर्शनमा थोरै नेता सहभागी हुन्छौँ
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता–कार्यकर्ता । फाइल तस्बिर ।

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले आज (वैशाख ७) काठमाडौंमा प्रदर्शन गर्दै छन् । बिजुलीबजारमा भेला भएर प्रदर्शन गरिने नेता मोहन श्रेष्ठले जानकारी दिए ।

मध्याह्न १२ बजेपछि राप्रपाको प्रदर्शन सुरु हुनेछ । ‘अवस्था र व्यवस्था’ बदल्न आफूहरूको शान्तिपूर्ण संघर्ष जारी रहेको उनले बताए ।

अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन् । राप्रपाका एक पदाधिकारीले आजको प्रदर्शनमा कार्यकर्तालाई नबोलाइएको बताए । कार्यकर्ता स्वस्फूर्त रूपमा आउन सक्ने उनको भनाइ छ ।

शीर्ष पाँच/छ नेता मात्र प्रदर्शनमा सहभागी हुने तयारी रहेको उनले जानकारी दिए । “राप्रपाले आजको प्रदर्शनमा कार्यकर्ता बोलाएको छैन,” ती पदाधिकारीले बाह्रखरीसित भने, “हामी ६ नेता मात्रै जाने तयारी भएको छ ।”

प्रदर्शन ठूलो नहुने उनले संकेत गरे । बैठक बसेर प्रदर्शनबारे ठोस निर्णय गरिने उनले बताए । “अहिले बैठक बस्दै छौँ । त्यसपछि मात्रै तय हुन्छ,” ती पदाधिकारीले भने ।

अध्यक्ष लिङदेनले पनि प्रदर्शनमा सीमित नेता सहभागी हुने बताएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro