site stats
बाह्रखरी :: Baahrakhari
देश
नवलपरासीमा ‘मध्यम’ वर्षा, सतर्कता अपनाउन आग्रह
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आइतबार (असार १५) मध्यम वर्षा भएको छ । जिल्लाको देउराली नवलमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भई बहने बिनैलगायत साना खोलामा बाढीको सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“असार १५, देउसो १२ः०५ बजे । पछिल्लो एक घण्टामा नवलपरासी जिल्लास्थित देउराली नवल वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकोले सो क्षेत्र भई बहने बिनै खोलालगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्