site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवाड कारखानामा महानगरको डोजर, दुई मजदुर घाइते 
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले गुन्डागर्दी शैलीमा डोजर चलाएर कवाड गोदाममा आक्रमण गरेको भन्दै कवाड व्यवसायी समाजले विरोध जनाएको छ । 

कोटेश्वरको एक कवाड गोदाममा आज बिहीबार बिहान महानगर प्रहरीले डोजर चलाएर कवाड गोदाम भत्काएको र कवाड कारखानामा काम गर्ने मजदुर र व्यवसायीलाई कुटपिट गरेको समाजले विज्ञप्तिमार्फत जनाएको छ । 

जसका कारण जिल्ला सर्लाही घर भएका कवाड व्यवसायी होसनारायण यादव र रौतहट जिल्ला घर भएका अर्का कवाड व्यवसायी सञ्जीव यादवको टाउकोमा चोट लागेर घाइते भएका छन् । घाइतेहरूको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
 
समाजका अध्यक्ष रामकेवल गुप्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कवाड व्यवसायी र संकलकमाथि भइरहेको यो प्रकारको महानगरको गुन्डागर्दी ज्यादतिलाई तत्काल रोक्न लगाउन हामी नेपाल सरकार र अन्य सरोकारवालासमक्ष अनुरोध गर्न चाहन्छौँ ।” 

मजदुर र व्यवसायीमाथि कुटपिट भएपछि कवाड व्यवसायीहरूले नगरप्रहरीको डोजरमा तोडफोड गरेका छन् ।

491268564_593481327040733_7064088542635284695_n-1744901288.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro