site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
टोखामा बिस्केट जात्राको रौनक (तस्बिरसहित)

काठमाडौं । प्राचीन नगरी टोखामा यतिबेला बिस्केट जात्राको रौनक चलिरहेको छ । उपत्यकाको सबैभन्दा पुरानो जात्रा यही वैशाख १ गतेदेखि सुरु भइ चार दिनसम्म धुमधामले मनाउने गरिन्छ ।

पहिलो दिन नारायण पोखरीमा स्नान गरेर सुरु हुने बिस्केट जात्रा विभिन्न सात स्थानबाट भिन्न देवी देवताको (खट) रथ निकाल्ने गरिन्छ । साथै, नगरमा सिन्दुर जात्रा गरिन्छ ।

जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनातीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नगरमा परिक्रमा गर्ने र नारायण पोखरीमा स्नान गराउने चलन रहेको स्थानीय हरिदास श्रेष्ठ बताउँछन् ।

जात्राका दौरान गणेशको पूजा, जीवित देवी कुमारी, चण्डेश्वरी, भैरवको, काली, महादेव र सरस्वतीको पुजाआराधना गर्ने गरिन्छ ।

खटमा सवार देवी देवतालाई नगर परिक्रमा गराइन्छ भने परम्परागत रूपमा नाचगान, नाटक समेत जात्राका दौरान गर्ने परम्परा रहेको कृष्णबहादुर श्रेष्ठले बताए । जात्राका दौरान देवी देवता र मृतकका नाममा दीप प्रज्वलन समेत गरिन्छ ।

जात्राको अन्तिम दिन ठूलो लाछीमा भगवानका प्रतिमाहरूको आ–आफ्नो स्थानमा राखेर बिस्केट जात्रा सकिने बताउँछन् । यतिखेर टोखा नगरलाई दुलहीझै सिँगारिएको छ ।

थप तस्बिरहरू हेर्नोस्–

bisket-jatra-1744819698.jpg

bisket-jatra3-1744819699.jpg

bisket-jatra1-1744819698.jpg

bisket-jatra-(13)-1744816817.jpg

bisket-jatra-(14)-1744816818.jpg

bisket-jatra-(11)-1744816816.jpg

bisket-jatra-(12)-1744816816.jpg

bisket-jatra-(9)-1744816815.jpg

bisket-jatra-(10)-1744816815.jpg

bisket-jatra-(6)-1744816813.jpg

bisket-jatra-(3)-1744816810.jpg

bisket-jatra-(4)-1744816811.jpg

bisket-jatra-(5)-1744816812.jpg

bisket-jatra-(7)-1744816813.jpg

bisket-jatra-(2)-1744816809.jpg

bisket-jatra-(1)-1744816809.jpg

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्