site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नब्बे प्रतिशत मतसहित सैनिक जनरल बने गाबोनको राष्ट्रपति

काठमाडौं । अफ्रिकी देश गाबोनका सैनिक जनरल ब्राइस ओलिगुइ एनगुएमा शनिबार देशमा भएको राष्ट्रपति निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मत हासिल गरी विजय हासिल गरेका छन् ।

जनरल ब्राइस ओलिगुइ एनगुएमाले सन् २०२३मा ‘कु’मार्फत झन्डै ६० वर्ष लामो राष्ट्रपति अली बोंगोको पारिवारिक शासनकालको अन्त्य गर्दै नेतृत्व हत्याएका थिए । बोंगोको परिवारले सन् १९६७ देखि गाबोनमा शासन चलाएका थिए ।

राष्ट्रपति अली बोंगोको शासनकाल समाप्त भएको लगभग दुई वर्षपछि जनरल एनगुएमाले शासन सत्तामा अझ बलियो पकड बनाएको बीबीसीले जनाएको छ । 

५० वर्षीय ओलिगुइ एनगुएमाले बोंगो शासनकालका पूर्वप्रधानमन्त्री एलेन क्लाउड बिली–बाइन्जे सहित सात अन्य उम्मेदवारहरूलाई पराजित गरे । 

आलोचकहरूले यसअघि आफूअनुकूलको नयाँ संविधान र निर्वाचन ऐन बनाएर ओलिगुइ एनगुएमा सत्ताको शिखरमा पुग्न सजिलो बनाइएको आरोप लगाएका थिए ।

एनगुएमालाई गम्भीर राजनीतिक चुनौती दिन सक्ने विपक्षी दलका केही प्रमुख नेताहरूलाई निर्वाचनबाट बाहिर राखिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro