
काठमाडौं । वाणिज्य बैंकहरूले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशन गरेको विवरणअनुसार, वैशाखमा अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् ।
वैशाखमा औसत ब्याजदर स्थिर छ । चैतमा ५.९८ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा पनि उही विन्दुमा छ । वैशाखमा एउटा वाणिज्य बैंकले मात्र ब्याजदर बढाएको छ । तीनवटाले घटाएका छन् ।
कुल २० वाणिज्य बैंकमध्ये एभरेस्ट, सानिमा, कुमारी र नेपाल बैंकको ब्याजदर घटबढ भएको छ । एभरेस्ट बैंकले ०.६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । सानिमा, कुमारी र नेपाल बैंकले ब्याजदर घटाएका छन् । सानिमा बैंकले ०.१ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, कुमारी बैंकले ०.०९ प्रतिशत र नेपाल बैंकले ०.३५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
अरू १५ वाणिज्य बैंकले भने ब्याजदर स्थिर राखेका छन् । बैंकहरूमा तरलता सहज भए पनि ऋण लगानी छैन ।
निजी क्षेत्रमा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा चाप परेको छ । छोटो समयमा ब्याजदरमा आउने उतारचढावले लगानीको निर्णय गर्न गाह्रो भएको सरकारबाट गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उल्लेख गरेको छ ।
कुन बैंकको ब्याजदर कति ?