site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ, दुवैलाई काठमाडौं ल्याइँदै

काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । प्रहरीले आज एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।

उनीहरू दुवैलाई काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका प्रसाईंलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर भद्रपुरबाट पक्राउ गरेको हो ।

नेपाल–भारतबीच सुर्पदुगी सन्धि नभएका कारण प्रसाईंलाई असाम प्रहरीले नियन्त्रणमा लिएर बिहीबार नेपाली पक्षलाई बुझाउन सकेको थिएन । शुक्रबार भने नेपाल प्रहरीले झापाको नाकाबाट पक्राउ गर्ने गरी वातावरण मिलाइएको हो ।

यही चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ थिए, प्रसाईं । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro