
काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी हुँदा अध्यक्षका उमेदवार प्रा.डा. विजयकुमार मिश्रले मतान्तर बढाउँदै झन्डै दोब्बर बनाएका छन् । मिश्रले दुई हजार १० मत ल्याउँदा अध्यक्षका अर्का उमेदवार रमनकुमार श्रेष्ठले एक हजार सात मत पाएका छन् । अध्यक्षका अरु उमेदवारहरू राजु कैतीको ९, उज्वल घिमिरेको पाँच र आशीष पौडेलको १५ मत छ ।
यसैगरी महिलासहित सबै प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा पनि मिश्रकै प्यालन अगाडि छ । उपाध्यक्षतर्फ कोसी प्रदेशमा पदमप्रसाद लिम्बूले दुई १५८ मत ल्याउँदा प्रत्यासी कर्णबहादुर राईले ७९० मत पाएका छन् ।
मधेस प्रदेश उपाध्यक्षमा अजशंकर झाले दुई हजार १६४ मत ल्याउँदा प्रत्यासी प्रमोद प्रसादले ७७० मत पाएका छन् । वाग्मती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावलले दुई हजार ११२ मत ल्याउँदा प्रत्यासी डकेन्द्रप्रसाद सुवेदीले ८४२ पाएका छन् ।
गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनालले दुई हजार २२ मत ल्याउँदा सुकेदेव गौतमले ९२६ मत पाएका छन् । यस्तै, लुम्बिनी प्रदेश उपाध्यक्ष उमेदवार कृष्णप्रसाद पोखरेलले दुई हजार १६८ मत ल्याउँदा प्रत्यासी तीर्थराज ज्ञवालीले ७७९ मत पाएका छन् ।
कर्णाली प्रदेश उपाध्यक्षमा विवसकुमार बस्नेतले दुई हजार १३७ मत ल्याउँदा धर्मराज न्यौपानेले ७९० मत पाएका छन् । सुदूरपश्चिम उपाध्यक्षमा सिद्धराज ओझाले दुई हजार १४४ मत पाउँदा पदमरावज शर्माले ७७१ मत ल्याएका छन् ।
महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले एक हजार ९५१ मत ल्याउँदा बिना श्रेष्ठले ९४३ मत पाएकी छन् ।
महासचिवका उमेदवार केदारप्रसाद कोइरालाले अग्रता बनाएका छन् । उनले एक हजार ९८९ मत ल्याउँदा महासचिवका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले ८७८ मत पाएका छन् । अर्का उमेदवार हरिशरण कार्कीले ६६ मत पाएका छन् ।
कोषाध्यक्ष उमेदवार जगतबहादुर कार्कीले दुई हजार ७१ मत पाएका छन् । प्रत्यासी दिपक राईले ७३५ मत ल्याएका छन् । कोषाध्यक्षका अर्का उमेदवार विष्णुप्रसाद सापकोटाले १०१ मत पाएका छन् ।