
काठमाडौं । चलचित्र ‘वसन्त’मार्फत निर्देशक प्रकाश सपूतले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । उनले करिब एक वर्षसम्म सिनेमाका कलाकार गोप्य राखे ।
‘वसन्त’ प्रदर्शनमा आएपछि यो चलचित्रमा केही नयाँ कलाकार रहेको दर्शकले थाहा पाए । ‘वसन्त’मा राजेश हमाल, दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, करिष्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई देख्न सकिन्छ ।
यी कलाकारको अभिनय रहेको भनेर यसअघि ‘वसन्त’को निर्माण युनिटले जानकारी दिएको थिएन । चलचित्रमा लोकदोहोरी गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी पनि छन् ।
‘वसन्त’मा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।
मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा वीरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।
चैत २२ गतेबाट यो चलचित्र हलमा प्रदर्शनरत छ ।