
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (चैत २५) घटेर बन्द भएको छ । नेप्से परिसूचक ३३.३३ अंकले घटेर २६७०.०७ विन्दुमा बन्द भएको हो ।
यस दिन पाँच अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भयो । २३ कम्पनीको सेयर मूल्य बढ्यो । २२१ कम्पनीको सेयर मूल्य घट्यो ।
हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ५० करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य ६.६३ प्रतिशतले बढेको छ ।
यस्तै, कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ३.११ प्रतिशतले घटेको छ ।